पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित, सैयौँको निधन र ठूलो जनधन क्षति भएको अवस्थामा दसैँ सादगी ढंगले मनाउने निर्णय गरिएको उल्लेख छ ।
सूचनामा आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको बडा दसैँ सादगीपूर्वक मनाइने र यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाउने कार्यक्रम पनि नराखिएको जानकारी दिइएको छ ।
