आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले ७५ बलमा अर्धशतक बनाएका हुन् । एकदिवसीयमा रोहितको यो १३ औं अर्धशतक हो ।
ताजा स्थितीमा नेपालले २८ ओभरमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।