शिशु र विदेशी नागरिकसहित बूढीगण्डकी बाढीबाट ३६ जनाको उद्धार

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १४:००     0 View



Spread the love

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

आज बिहान चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा बाढी आएको थियो ।