ट्रम्पलाई पछि पार्दै नाभी पिल्ले नोबेल शान्ति पुरस्कार विजेता

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १६:२२     14 जनाले पढ़िसके



Spread the love

दक्षिण अफ्रिकाकी पूर्व न्यायविद् नाभनेथेम ‘नाभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार नर्वेको राजधानी ओस्लोमा पुरस्कार घोषणा गर्दै नोबेल समितिले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउन पिल्लेले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

समितिका अनुसार पिल्लेले शान्ति प्रवर्द्धन र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनका लागि उल्लेखनीय योगदान दिएकी छन् ।

गम्भीर अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही सुनिश्चित गर्ने उनको प्रयासलाई समितिले विशेष महत्त्व दिएको छ ।

२८७ उम्मेदवारको नाम परेको थियो

नोबेल समितिका अनुसार यस वर्षको शान्ति पुरस्कारका लागि २८७ उम्मेदवार मनोनयनमा परेका थिए । तीमध्ये २०८ व्यक्ति र ७९ संस्था थिए ।

यस वर्ष पुरस्कारका सम्भावित दाबेदारका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र, सुडानका आपत्कालीन उद्धार टोली, युक्रेनमा बालबालिकाको अधिकारका लागि काम गर्ने अभियन्ता तथा दुई प्रमुख अन्तर्राष्ट्रिय अदालतको नामसमेत चर्चामा थियो ।

ट्रम्पको पुरस्कार पाउने चाहना पूरा भएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन् । उनले आफू उक्त पुरस्कारको हकदार भएको दाबीसमेत गर्दै आएका थिए ।

तर यस वर्षको पुरस्कार दक्षिण अफ्रिकाकी पूर्व न्यायविद् पिल्लेलाई प्रदान गर्ने निर्णय भएको हो ।

इरानसँग जारी युद्धका बीच ट्रम्पको पुरस्कारप्रतिको दाबी र सम्भावित उम्मेदवारीले पनि यस वर्षको पुरस्कारलाई अन्तर्राष्ट्रिय चासोको विषय बनाएको थियो ।