क्यानडाविरुद्ध नेपालको खराब सुरुवात, तीन ओभरमै दुई विकेट गुम्यो

 संवाददाता    २०८३, २५ आश्विन आईतवार ११:३७     24 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरातमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

यो समाचार लेख्दासम्म नेपालले ३ ओभरमा दुई विकेट गुमाएर १० रन जोडेको छ । आसिफ शेख ३ बलमा ४ रन जोडेर पभेलियन फर्किए ।

यस्तै, ईशान पाण्डे खाता समेत नखोली आउट भए ।