कक्रोच पार्टीको प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका ५७ मेट्रो स्टेसन बन्द हुने

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १६:२६     12 जनाले पढ़िसके



Spread the love

भारतको राजधानी नयाँदिल्लीमा भोलि (अक्टोबर १०) मा प्रस्तावित कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि ५७ वटा मेट्रो स्टेसन बन्द गर्ने निर्णय गरिएको छ ।

दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले शुक्रबार यसबारे जानकारी दिएको हो ।

डीएमआरसीका अनुसार आज राति ९ बजेदेखि ती स्टेसनका प्रवेश र निकास मार्ग बन्द गरिनेछन् । अर्को आदेश जारी नभएसम्म प्रतिबन्ध कायम रहनेछ ।

डीएमआरसीले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सुरक्षा कारणले स्टेसनका प्रवेश तथा निकास मार्ग बन्द गर्न लागिएको जनाएको छ ।

यद्यपि, नयाँदिल्ली मेट्रो स्टेसनबाहेक सम्बन्धित सबै स्टेसनमा मेट्रो परिवर्तन गरेर अर्को रेल चढ्न पाउने सुविधा भने उपलब्ध रहने डीएमआरसीले स्पष्ट पारेको छ ।