कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल अगाडि, अरू उम्मेदवारको मत कति?

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १२:०७     100 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ।

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

महामन्त्रीतर्फ मतगणनाको अपडेट आएको छ।

जसअनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झन्डै दोब्बर मतले अगाडि छन्।

यो खबर बनाउँदासम्म प्रदीप पौडेलले १ हजार ३ सय ७० मत पाइसकेका छन्।

यसपछि उदयशमशेर राणा छन्। उनले अहिलेसम्म ७८३ मत प्राप्त गरेका छन्।

यसपछि अमर पुनले ६८७ र सुनिल शर्माले ५३९ मत ल्याएका छन्।