सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बस्दै

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १२:०७     15 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीसहितका नेता ललितपुरको भनीमण्डल पुगेका छन्।

भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केही बेरमै एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने नेताहरूले बताएका छन्।

आइतबार निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

फागुनमा भएको निर्वाचनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।