मदन आश्रित स्मृति प्रतिष्ठानको ३२ औं साधारण सभा यहि भाद्र २० गते सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं प्रतिष्ठानका अध्यक्ष श्री प्रदीप कुमार ज्ञवालीको सभापतित्वमा उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका संस्थापक अध्यक्ष श्री वाचस्पति देवकोटाले मदन आश्रित स्मृति प्रतिष्ठानलाई समयानुकूल अझ सुदृढ, गतिशील एवं जनमुखी बनाउन एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उद्घाटन सत्र राष्ट्रिय गान, मुलुकका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति एक मिनेट मौनधारण तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी प्रारम्भ गरिएको थियो। कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव श्री मधु तिमिल्सिना र स्वागत मन्तव्य सदस्य श्री दिब्या घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथि देवकोटाले पानसमा दीप प्रज्वलन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो।
सो अवसरमा पार्टी र आन्दोलनमा विशिष्ट योगदान पुर्याउने अग्रज नेताहरू श्री वाचस्पति देवकोटा, श्री केशव बडाल र श्री केशवलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको प्रतिनिधित्व पार्टी (एमाले) का नेता श्री केशव बडाल र अर्का वामपन्थी नेता श्री केशवलाल श्रेष्ठ लगायतले मदन आश्रित स्मृति प्रतिष्ठानले हालसम्म गरेको कार्यको प्रशांसा गर्दै आगामी दिनमा अझ शसक्त ढंगले शैक्षिक, अनुसन्धनात्मक तथा विचारधारात्मक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनु भयो ।
यस अवसरमा उहाँहरुले समसामयिक राजनीतिक परिस्थिति र सांगठनिक सुदृढीकरणका विषयमा विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व उपाध्यक्ष श्री गुरु बराल, सम्माननीय पूर्व सभामुख श्री देवराज घिमिरे, पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि राजदूत श्री महेन्द्र पाण्डे र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति श्री दिपक अर्यालले आफ्रनो मब्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको दोश्रो सत्र श्री प्रदीप कुमार ज्ञवालीको अध्यक्षता र सचिवको सञ्चालनमा अघि बढाइएको थियो । बन्द सत्रमा प्रतिष्ठानका सचिव श्री मधु तिमिल्सिनाद्वारा सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष श्री सुरेश चापागाईद्वारा आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र श्री विदुर प्रसाद ढुङ्गानाद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । साथै लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण समेत गरिएको छ ।
बन्द सत्रको अन्तमा प्रतिष्ठानका उपाध्यक्ष श्री रामेश्वर फुयालले प्रस्ताव गर्नुभएको नामावली अनुसारको नयाँ पदाधिकारी तथा सदस्यहरू थप गरि निम्न अनुसार चयन हुनुभएको छ ।
अध्यक्ष श्री प्रदीपकुमार ज्ञवाली
उपाध्यक्ष श्री कृष्णहरि थापा
महासचिव श्री मधु तिमिल्सिना
सचिव श्री विदुर प्रसाद ढुङ्गाना
कोषाध्यक्ष श्री सुरेश चापागाई
सदस्य श्री सुरेश प्रसाद निरौला
सदस्य श्री श्रीकृष्ण चापागाई
सदस्य श्री सुदर्शन चापागाई
सदस्य श्री दिब्या कुमारी घिमिरे
सदस्य श्री मणिराम फुयाल
सदस्य श्री झुमा देवान नेपाल
सदस्य श्री नारायण प्रसाद आचार्य
सदस्य डा.श्री निरोज पौडेल
सदस्य श्री कृति भट्टराई
सदस्य श्री विवेक थपलिया
कार्यक्रमको अन्त्यमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका सभापति श्री प्रदीपकुमार ज्ञवालीले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै साधारण सभा औपचारिकरूपमा समापन भएको घोषणा गर्नुभएको थियो ।