अमेरिकाले इरानसँगको युद्धमा हालसम्म ४५.१ अर्ब डलर खर्च गरेको छ। पेन्टागनले संसदलाई दिएको जानकारी अनुसार सेप्टेम्बर ३ सम्ममा ४३.६ अर्ब डलर भएको हो।
त्यसका अलावा १.५ अर्ब डलर इन्धनमा खर्च भएको रक्षा मन्त्रालयले अमेरिकी संसदलाई जानकारी दिएको हो।
तथापि, युद्धको समग्र खर्च भने होइन। सीएनएनका अनुसार युद्धमा ध्वस्त भएका अखडा र भवनहरूको मर्मत खर्चमा यसमा समावेश छैन। त्यस्तै, सैन्य कारबाहीमा हुने अप्रत्यक्ष खर्च पनि यसमा समेटिएको छैन।
सांसदहरूले भने ती सबै खर्चको विवरण मागेका थिए। तर, रक्षा मन्त्रालयले सोलोडोलो रकमको जानकारी मात्र दिएको हो।
यो रकम पनि संसदको बजेटमा अनुमान गरिएको ३८ अर्ब डलर युद्ध खर्चभन्दा ज्यादा हो। संसदले अगस्टपछि प्रतिमहिना २ देखि ३ अर्ब डलर खर्च भइरहने र लडाइँ बढेको बेला खर्च पनि बढ्ने अनुमान गरे थियो।
युद्धका कारण अमेरिकामा मुद्रास्फिति पनि बढ्ने अनुमान गरिएको छ। एजेन्सी