एसियाडमा नेपाली भलिबल टोलीको विजयी सुरुवात

 संवाददाता    २०८३, ४ आश्विन आईतवार १६:०८     20 जनाले पढ़िसके



Spread the love

जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले पहिलो जित दर्ता गरेको छ।

ओकाजाकी चुओ सोगो पार्कमा आइतबार भएको क्लासिफिकेसन खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। नेपालले किर्गिस्थानलाई २५–२०, २५–१६ र २५–२० ले पाखा लगाएको हो।

किर्गिस्तानलाई हराएपछि नेपालले अब नौदेखि १२औँ स्थानका लागि सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, किर्गिस्तान भने तेहौँ तथा चौधौँ स्थानका लागि खेल्नेछ।

समूह चरणमा नेपाली टोली जापान र इन्डोनेसियासँग ३–० को सोझो सेटमा नै पराजित भएको थियो।