ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिसौनीमा पुग्दा बसमा आगलागी भएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य मानवीय क्षति यकिन भइसकेको छैन ।
गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।