आइतबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?

 संवाददाता    २०८१, २३ चैत्र आईतवार १०:०६     199 जनाले पढ़िसके



Spread the love

राजधानी काठमाडौँको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ ।

आज हावाको गुणस्तर २३१ एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१.१ गुणा बढी रहेको छ ।

हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ र थाइल्याण्डको चियाङ माई रहेको छ ।