नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) संसदीय दलको उपनेता पद्मा अर्याल, नेकपा संसदीय दलका उपनेता प्रमेश हमाल, नेता वर्षमान पुन सहभागी छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली, लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्।
बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेसमाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल हुने जनाइएको छ।