चार विकेट लिएर राहुल बने ‘म्यान अफ द म्याच’

 संवाददाता    २०८३, १३ कार्तिक बिहीबार १६:२४     1  जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई ८ विकेटले हराएको छ ।

११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

खेलमा जनकपुरका किशोर बलर राहुल यादव ‘म्यान अफ द म्याच’ बने । उनले काठमान्डुका ४ खेलाडीलाई आउट पारे । दुई ओपनर स्मित पटेल र साम हिजलेटसँगै करण केसी र आदिल आलम राहुलको सिकार बने ।

यसअघिको पहिलो खेलमा राहुलले कर्णाली याक्सविरुद्ध पनि दुई विकेट लिएका थिए । यद्यपि, जनकपुरले उक्त खेल १९ रनले हरायो ।

म्यान अफ द म्याच बनेपछि राहुलले आफू एकदमै खुसी भएको र धेरै कुरा सिकिरहेको बताउँदै बाँकी खेलमा पनि राम्रो प्रयास गर्ने बताए ।

उनले भने ‘म एकदम खुशी छू । पहिले म्याचमा पनि पहिलो बलमा विकेट आयो । दोस्रोमा पनि पहिलो बलमा विकेट आयो । खुशी लागेको छ । म धेरै कुरा सिकिरहेको छु । बाँकी खेलमा पनि राम्रो गर्ने प्रयास गर्नेछू ।’