स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइपुगेका छन्।
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा आज कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेका हुन्।
नेपाल आगमनका क्रममा उनलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको सभामुखको सचिवालयले जनाएको छ।
नेपाल भ्रमणका क्रममा उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख अर्याल तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने तय भएको छ।