सोमपालको बलमा ढले वार्नरका स्टम्प, १६ रनमै सकियो इनिङ्स

 संवाददाता    २०८३, १७ कार्तिक सोमबार १४:५६     19 जनाले पढ़िसके



Spread the love

अष्ट्रेलियन ब्याटर डेविड वार्नरले नेपाल प्रिमियरल लिगमा डेब्यू गरेका छन् । तर उनको पहिले म्याच यादगार भएन ।

काठमाडौं गोर्खाजको ब्याटिङ सुरुवात गरेका वार्नरलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले आउट गरेका छन् । कामीको बलमा बोल्ड हुनुअघि वार्नरले १० बलमा १६ रन जोडे ।

काठमाडौं गोर्खाजको इनिङ सुरुवात गरेका वार्नरले आक्रामक सुरुवात गर्ने प्रयास गरेका थिए । दोस्रो ओभरको चौंथो र पाचौं बलमा उनले सोमपाललाई लगातार चौका प्रहार गरे । तर सोमपालले ओभरको अन्तिम बल उत्कृष्ट फ्याक्दै वार्नरलाई बोल्ड गरे ।

वार्नरको विकेट लिँदा सोमपालको सेलिब्रेसन हेर्न लायक थियो । काठमाडौं गोर्खाजको क्याम्पमा भने निराशा छाएको छ ।

वार्नरको चौका छक्का हेर्न आतुर भएर त्रिवि मैदानमा पुगेका दर्शक पनि दुखी भएका छन् । कर्णाली याक्स विरुद्ध गोर्खाले १८१ रनको बलियो लक्ष्य पछ्याइरहेको छ ।