बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय

 संवाददाता    २०८१, ११ फाल्गुन आईतवार १२:०८     53 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । बेलायतमा मौसमी कामदार (सिजलन वर्कर) मा पठाइदिने भन्दै पैसा उठाउने गिरोहहरू सक्रिय हुन थालेका छन् ।

सामाजिक सञ्जालमार्फत तथा फोन कलमार्फत व्यक्तिहरूलाई बेलायतमा मौसमी कामदारका लागि पठाईदिने भन्दै पैसा असुल्नेहरू सक्रिय हुन थालेका हुन् ।

यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका निकायमा गुनासो समेत आएसँगै विभागले सचेत गराएको छ ।

विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै बेलायतमा मौसमी कामदार पठाउने गरी कुनै नीतिगत निर्णयहरू नभएकाले प्रलोभनमा पार्नेहरूबाट समेत रहन भनेको हो ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मन्त्रालयको तर्फबाट कुनै पनि नीतिगत निर्णय नभएको र स्वीकृति दिई पठाउने व्यवस्था समेत नभएको बताए ।

उक्त कार्य कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न अनुरोध गरे । अवैधानिक प्रक्रियाबाट जाने सोच तथा योजना नबनाउन समेत सबैमा अनुरोध गरे ।