केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र एमालेको ६ महिनादेखि संयुक्त सरकार छ । तर दुई दलबिच अहिलेसम्म औपचारिक बैठक बस्न सकेको थिएन ।
भदौ १७ मा सत्ता साझेदारी गरेका दुई दलबिच पहिलो पटक शुक्रबार संयुक्त बैठक बसेको छ ।
पोखराको कुटी रिसोर्टमा बसेको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या र साझा सङ्कल्प कार्यान्वयनबारे छलफल गर्नेछन् ।