काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतमा नेपाली छात्राको मृत्युको विषयमा सोमबारको बैठकमा सांसदलाई बोल्न नदिएको भन्दै प्रश्न उठाएका छन् ।
‘भनिन्छ लोकतन्त्रमा संसद् ऐना जस्तै हुनुपर्छ । संसद्मा देश र जनताको तस्बिर देखिनु पर्छ । तर त्यस्तो हुन सकेको छैन ।
हिजो मात्र भारतको ओडिसा राज्यमा घटेको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद् बेखवर रह्यो’, मंगलबारको संसद् बैठकमा उनले भने, ‘ माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने हिजो किन नमिलेको होला सभामुख महोदय ?’
उनले अगाडि भने, ‘के नियमावलीले छेक्यो ? कि नियतले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो वा हाम्रो मस्तिष्क भित्र पूर्वाग्रह रह्यो ?’