काठमाडौंलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछ : वनमन्त्री ठकुरी

 संवाददाता    २०८१, २१ माघ सोमबार १५:१६     316 जनाले पढ़िसके



Spread the love

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएका छन् ।

न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताएका हुन् ।

उनले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए । उनले ४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको बताए ।

बिस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने बताउँदै उनले वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दै आवश्यकता अनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पारे ।