अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आकाशमा अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर दुर्घटना भएको मामिलामाथि प्रश्न उठाएका छन् । ह्वाइट हाउसबाट ५ किमी पर उक्त विमान दुर्घटना भएको थियो ।
यस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको बारेमा गम्भीर प्रश्न उठाएका छन् । उनले दुर्घटना हुँदा हेलिकप्टरका पाइलटले किन रुट परिवर्तन गरेनन् र कन्ट्रोल टावरले हेलिकप्टरलाई विमानको अवस्थाको बारेमा किन जानकारी दिएनन् भन्ने प्रश्न गरेका छन् । दुर्घटनाको समयमा विमानमा ६० जना यात्री र ४ जना क्रु मेम्बर थिए ।