नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
नवनिर्वाचित सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
शपथ ग्रहणलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्दै छ।
