बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले भने– हामी साथमा छौँ

 संवाददाता    २०८२, १९ आश्विन आईतवार १८:२२     140 जनाले पढ़िसके



Spread the love

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै गएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। आज आइतबार सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकार नेपालको साथमा रहेको बताएका हुन्।

‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ। यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ,’ मोदीले भारत नेपालको छिमेकी भएको भन्दै भनेका छन्, ‘भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।’