प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या , भेटघाट कार्यक्रम रद्द

 संवाददाता    २०८१, ९ माघ बुधबार १२:१६     99 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रममा सहभागी हुनुहुन्न।’

एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।