जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै

 संवाददाता    २०८१, ९ माघ बुधबार १०:५३     207 जनाले पढ़िसके



Spread the love

लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन्। डेढ दशकको दोहोरी यात्रामा चर्चित भएकी उनले अहिले आफूलाई कथावाचक ‘योगमाया सखी’ को रूपमा चिनाउन थालेकी छिन्। नेपाल र भारतमा डेढ वर्ष अध्ययन गरेपछि उनी नयाँ परिचयसहित कथा वाचनमा सक्रिय भएकी हुन्।