जिल्ला ट्राफिक र लालबन्दी प्रहरीद्वारा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम

 संवाददाता    २०८१, ६ माघ आईतवार १२:३०     114 जनाले पढ़िसके



Spread the love

परबानीपुर, ०६ माघ – जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीले संयुक्त रुपमा वृहद् सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

जिल्लाको उत्तरी चुरे क्षेत्र स्थित लालबन्दी नगरपालिका-१६ परवानिपुरमा रहेको सन्तानेश्वर महादेव मन्दिर तथा प्रतिक्षालय क्षेत्रमा शनिबार दिउँसो वृहद् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । ट्राफिक प्रहरी निरीक्षक घिमिरेका अनुसार सरसफाई कार्यक्रम पश्चात शान्ति सुरक्षा एवं ट्राफिक व्यवस्थापनबारे स्थानीय बासिन्दाहरुसँग सचेतनामूलक अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा लालबन्दी नगरपालिका-१६ का वडाध्यक्ष गणेश बहादुर थापा, ट्राफिक प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।