प्रेस सेन्टर सर्लाही अध्यक्षमा पुनः थापा चयन

 संवाददाता    २०८१, १८ पुष बिहीबार १२:३३     161 जनाले पढ़िसके



Spread the love

सर्लाही । नेकपा माओवादी निकट पत्रकार संगठत प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको अध्यक्षमा पुनः श्रवण थापा चयन भएका छन् । मङ्गलबार जिल्लाको बरहथवा नगरपालिका–९, मुर्तियामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सिंगबहादुर थापा (श्रवण) को अध्यक्षतामा ११ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले संगठनको उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल र सदस्यहरुमा सरोज राय यादव, चन्द्र बहादुर जिम्बा, जितेश यादव र रामनारायण साहलाई चयन गरेको छ ।

यस्तै प्रदेश प्रतिनिधिमा सन्तोष यादव, प्रेमनाथ पौडेल तथा केन्द्रीय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगर चयन भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा आइसिटी मधेश प्रदेश इन्चार्ज भुपनारायण अधिकारी, बरहथवा नगरपालिका–९, का वडाध्यक्ष तुलसी लुइटेल,नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासंघका निवर्तमान जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस युनियनका अध्यक्ष कृष्ण थपलिया, प्रेस चौतारीका जिल्ला अध्यक्ष अच्युतम सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।