गैँडाको आक्रमणमा परी २ जना घाइते

 संवाददाता    २०८१, १६ पुष मंगलवार १२:०२     79 जनाले पढ़िसके



Spread the love

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी २ जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज (मंगलबार) आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
रासस