प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मधेश प्रदेशको कार्यालयले डिप्लोमा फार्मेसीको पूर्ण शुल्कीय कार्यक्रममा आर्थिक अनियमितता भएको गुनासो आएपछि छानविन थालेको हो । विद्यार्थी भर्नामा आर्थिक चलखेलको उजुरीपछि परिषद्को प्रादेशिक कार्यालय जनकपुरका उपनिर्देशक दिनेशकुमार मल्लिक नेतृत्वको तीन सदस्यीय छानबिन समितिले शिक्षालयबाट आवश्यक कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।
शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवले वैकल्पिक उम्मेदवारको सूचीमा अगाडि नाम रहेका व्यक्तिलाई छनौट नगरी आर्थिक अनियमिता गरी तल्लो क्रमका उम्मेदवारलाई अवसर दिएको आरोप छ ।