अमेरिकाले खसायो आफ्नै लडाकु विमान

 संवाददाता    २०८१, ७ पुष आईतवार १५:५०     159 जनाले पढ़िसके



Spread the love

अमेरिकी नौसेनाले लाल सागरमा आफ्नै एक लडाकु विमान खसाएको छ। अमेरिकी सेनाले जनाएअनुसार खसाइएको लडाकु विमान एफ/ए१८ हर्नेटका दुवै पाइलट सकुशल विमानबाट निस्केको र एकजनालाई सामान्य चोट लागेको जनाएको छ।

यमनको राजधानी सानामा हुतीविरुद्ध सैन्य कारबाही गरेपछि सो घटना भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।

‘यूएसएस ह्यारी ए ट्रुम्यान क्यारिअर स्ट्राइक ग्रुपमा रहेको यूएसएस गेट्टिसबर्ग नामक गाइडेड क्षेप्यास्त्र प्रहार गर्ने जहाजले झुक्किएर प्रहार गर्दा एफ/ए १८ लाई लाग्यो,जुन ह्यारी एस ट्रयुम्यान विमानवाहक युद्धपोतबाट उड्दै थियो,’ वक्तव्यमा भनिएको छ।

अमेरिकी सेनाले हुतीहरूले प्रहार गरेका कयौँ ड्रोन पनि खसाइएको बताएको छ।

शनिबार हुतीहरूले प्रहार गरेको क्षेप्यास्त्रले इजरायलको तेल अभिभमा १६ जनालाई घाइते बनाएको थियो।