टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

 संवाददाता    २०८१, ३० श्रावण बुधबार १८:४६     77 जनाले पढ़िसके



Spread the love

बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ।

बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको टिआरसी विधेयक सभाले सर्वसम्मत पारित गरेको हो।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा आउनेछ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी भदौ ६ गते बिहीबार १ बजे बस्नेछ।