राजनराज र सदिक्षाको ‘खुर्सानीलाई बियाँ’ मा यशराज, सरोज, अनिशा र समारिका (भिडियो)

 कला तथा मनोरन्जन     २७ जेष्ठ २०८१, आईतवार ०४:५५     18 जनाले पढ़िसके



Spread the love

काठमाडौं– लोकप्रिय संगीतकर्मी राजनराज शिवाकोटीको स्वर तथा संगीतमा तयार पारिएको एउटा यूगल गीतको म्युजिक भिडियो बिहीवार सार्वजनिक गरिएको छ ।

‘खुर्सानीलाई बियाँ’ बोलको उक्त गीतका शब्दहरु वरिष्ठ गीतकार राजेन्द्र थापाले रचना गरेका छन्, जसमा गायक शिवाकोटीलाई गायिका सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छिन् ।

यो मौलिक शैलीको गीतको भिडियोलाई प्रचण्ड पौडेल तथा प्रसन्न पौडेलले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

भिडियोमा अभिनेता यशराज गराचसंगै मोडलहरु सरोज प्रजा, अनिशा न्यौपाने तथा समारिका ढकालले अभिनय तथा आकर्षक नृत्य गरेका छन् ।

भिडियोका कोरियोग्राफर युमी बलामी हुन् भने निशान पौडेलले यसलाई छायांकन गरेका छन् । राजु जङ्ग बस्नेतले सम्पादन गरेका भिडियोलाई कुनाले कलर ग्रेडिङ गरेका छन् ।

यो म्युजिक भिडिओलाई भेल्भेट भाईब्स इन्टरटेन्मेन्ट प्रोडक्शनले निर्माण गरेको हो भने यसका निर्माता प्रकाश हमाल हुन् ।