काठमाडौँ । ढुवानी व्यवसायमा आबद्ध रहेका सार्वजनिक सवारी साधनले सडकमा प्रदर्शन गरेका छन् ।
रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न नपाउने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्यादती बन्द हुनुपर्ने लगायतका माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सीताइलामा भेला भएर उनीहरूले चक्रपथ परिक्रमा गर्दैछन् । सडक प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ ।