पछिल्लो २४ घण्टामा १५ सय ९१ जनाको परीक्षण, १३६ जनामा संक्रमण

 #कोरोना     २०८०, १२ बैशाख मंगलवार १७:२०     151 जनाले पढ़िसके



Spread the love

काठमाडौं : मंगलबार देशभर १३६ जना कोभिड क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १ हजार ५९१ जनाको नमूना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३९० जना पुगेको छ। मन्त्रालयको विवरणअनुसार सक्रिय संक्रमितमध्ये हाल २७ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ४ जना आइसियू र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

आज ६४ जना संक्रमणमुक्त भएका छन्।