थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

 #कोरोना     २०८०, ४ बैशाख सोमबार १७:५६     101 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काेराेना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७९ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ६० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।