अमेरिकाको केन्ट सहरमा गोली हानाहान, ५ जनाको मृत्यु

 #अन्तरास्ट्रिय     २०७९, २८ चैत्र मंगलवार ०८:४३     217 जनाले पढ़िसके



Spread the love

अमेरिकाको केन्ट सहरमा गोलाबारी हुँदा ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा होमस एलियट (६३), जेम्स टट (६४), जोशउवा बेरिक (४०) र जुलियना फामर (४५) रहेका छन्।

घटना स्थानीय समयअनुसार बिहान ८:३० बजे पुरानो नेसनल बैंकनजिक घटेको हो।

गोली चलाउने व्यक्ति २३ वर्षीय कन्नर स्टर्जन रहेको खुलेको छ। उनी गोलाबारीसहितको लाइभ इन्स्टाग्राममा आएका थिए। गोली प्रहार हुन थालेपछि प्रहरीको जवाफी कारवाहीमा उनी पनि मारिएका छन्।

बैंकले दिएको जानकारीअनुसार आक्रमणकारी त्यहाँका पूर्वकर्मचारी थिए।