काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परिक्षणबाट २५ र एन्टीजेन परिक्षणबाट ९ जनालाई संक्रमण पुष्टि भएको हो ।
८०० एन्टिजेन परीक्षण गर्दा ९ जनामा र ५३० पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १०३ रहेको मन्त्रालयले जनाएको छ ।