थप २४ जनामा कोरोना संक्रमण

 #कोरोना     २०७९, १४ चैत्र मंगलवार २१:४८     82 जनाले पढ़िसके



Spread the love

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

मंगलबार तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३२० पीसीआर तथा ११०९ एन्टिजेन परीक्षण भएको छ।