पुरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह आग्रह

 संवाददाता    २०७९, २७ भाद्र सोमबार १४:४४     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं, डेंगु संक्रमणको जोखिम कम गर्न पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
विज्ञप्ती जारी गर्दै मन्त्रालयले कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयले सरकारी एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीहरुमा सचेत हुन आग्रह गर्दैै जारी विज्ञप्तीमा विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न अनुरोध गरेको छ ।

विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने मन्त्रालयले जनाएको छ ।