काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा २८६ जनामात्रै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार १ हजार ८१६ पीसीआर परीक्षणमा २०२ र १ हजार ६०७ एन्टीजेन परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा ३ हजार ४२३ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने ४७९ रहेको छ ।
शनिबार भने २९९ जना संक्रमित, ५७७ निको र २ जनाको मृत्यु भएको थियो ।
आइतबार मृत्यु शून्य रहेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको छ । २४ घण्टामा ४ हजार ३४३ जनाले मात्रै खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।