मन्त्रालयका अनुसार १ हजार ६६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १७ जना र १ हजार ९०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ९७६ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।
