नम्बर नखुलेको सवारीको ठक्करबाट हरिवनमा एक युवकको ज्यान गयो

 #दुर्घटना     २०७९, १७ असार शुक्रबार १०:५०     115 जनाले पढ़िसके



Spread the love

सर्लाही- सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेका छन्। इलाका प्रहरी कार्यलय हरिवनका अनुसार उनलाई बिहीबार मध्यराति सवारीले ठक्कर दिएको थियो।

घाइते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पुर्‍याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।