पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

 संवाददाता    २०७९, २५ बैशाख आईतवार १८:०९     125 जनाले पढ़िसके



Spread the love

काठमाडौं,वैशाख २५ गते । गठबन्धन दलआवद्ध पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।

आयोगले अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै २४ घण्टाभित्र विज्ञप्ति हटाएर सोही समयभित्र लिखित जवाफ पेस गर्न पत्र काटेको हो ।

स्वतन्त्र पत्रकारले पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ, हुँदैन ? स्वतन्त्र पत्रकारको पेशागत संगठनको अध्यक्ष,सचिवले कुनै अमुक राजनीतिक दलको/दलको पक्ष वा विपक्षमा विज्ञप्ती जारी गर्न मिल्छ मिल्दैन ? जवाफ पठाउन आयोगले आग्रह गरेको छ।

शनिबार कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एसनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए।