कोलोराडोको सनातन मन्दिरमा गैर आवासिय नेपालीले मनाए धुमधामसँग होली

 संवाददाता    २०७८, ७ चैत्र सोमबार २१:२४     130 जनाले पढ़िसके



Spread the love

नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष पनि ब्राइटनस्थित सनातन मन्दिरमा धूमधामसँग मनाए । नेपाली घरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषको ठुलो सहभागिता रहेको थियो । नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकालले आउने सम्पूर्ण दाजुभाइ दिदीबहिनी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई धन्यवाद दिँदै नेपाली घरले नेपाली संस्कृतिको जगेर्ना गर्न, सामाजिक सद्भाव कायम गर्न, एक आपसमा समन्वय सहयोग, सभ्यबद्दता अभिवृद्धि गर्दै, शन्ततीहरुलाई हाम्रो संस्कृति र रितिरिवाझ र परम्परा बोध गराउने उद्देश्यबाट कार्यक्रमको आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए ।

मन्दिर दर्शन गरी होलीको कार्यक्रम सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले एक अर्कामा रङ्ग दल्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । होली खेल्नेहरूमा कोलोराडोबासी आम नेपालीहरूका अतिरिक्त विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरू थिए ।

नेपाली घरका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार रमेश गुरुङले नेपाली घर अङ्कित टिसर्ट र रङ लगायतका अन्य सामाग्रीको प्रायोजन लक्ष्मी फुड्सका संचालक कृष्ण काफ्लेले गरेका थिए ।

नेपाली घरको इभेन्ट अफिसर आसिश कटुवालका अनुसार कार्यक्रमबाट बचत भएको रकम ५९० डलर नेपाली घरको खातामा जम्मा गरिने बताएका छन् ।

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दुको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्य कश्यपले आफ्ना छोरा प्रह्लाद भगवान् विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौँ उपाय गरेका थिए । उनलाई बचाउनको लागि उनकी बहिनिले आगोबाट पनि नजल्ने भगवानबाट पाएको वरदानको फाइदा उठाएर होलिकाले बालक प्रह्लादलाई काखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलिकाको जलेर मृत्यु भएको थियो । फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ । कोलोराडोबाट हाम्रा सहयोगी : जिवन दाहाल