उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने, खोप कार्ड अनिवार्य

 संवाददाता    २०७८, ४ चैत्र शुक्रबार १४:१३     473 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड-१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने बताए।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो।

सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोकेको छ।

अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ।