कलाकार जयनन्द लामाको निधन

 संवाददाता    २०७८, ११ फाल्गुन बुधबार ०९:३६     107 जनाले पढ़िसके



Spread the love

कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हो।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।कलाकार लामा गाडी बाट बाहिर लडेको अवस्थामा मृत भेटिएका थिए।

पछिल्लो समय टेलिचलचित्र ‘हल्का रमाइलो’मा देखिँदै आएका लामाले सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन्।

उनले २०३० सालमा चलचित्र ‘मनको बाँध’बाट अभिनय यात्रा सुरु गरेका थिए।

लामा लोक गायक तथा संकलक पनि हुन्। उनले थुप्रै मौलिक लोकगीत गाउनुका साथै संकलन गरेका छन्।

लामाले गाएका ‘कलकत्ते काइँयो’ , ‘चुइँ चुइँ चुइँकने जुत्ता’ , ‘मुलाको चाना’ , ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।