पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

 संवाददाता    २०७८, ४ फाल्गुन बुधबार १६:३८     66 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ४८ जना र २ हजार ९७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०० जना निको भएका छन्, भने ३ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबीच थप २ हजार १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् ।