खोपको मौज्दात र विवरण चार दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको मातहतका स्वास्थ्य संस्थालाई निर्देशन

 संवाददाता    २०७८, १७ माघ सोमबार १७:४९     98 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूलाई खोपको मौज्दात अवस्था र खोप लगाएकाहरूको विवरण उपलब्ध गराउन निर्देशन गरेको छ। मन्त्रालयले सोमबार पत्र लेख्दै ७ वटै प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको हो।

आइतबार बसेको स्वास्थ्यमन्त्रीस्तरको बैठकले विवरण संकलन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयानुसार चार दिनभित्र विवरण उपलब्ध गराउन सबैलाई निर्देशन दिइएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना खोपको अभिलेख सम्बन्धमा छानबिन गर्न समितिसमेत गठन गरेको छ। उक्त समितिलाई नै देशभरका स्वास्थ्य संस्थासँग समन्वय गरी विवरण संकलन गर्ने जिम्मा दिइएको हो।