पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण

 #कोरोना     २०७८, ११ माघ मंगलवार १९:२०     86 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको मृत्यु भएको छ ।